१३ पुष २०८१, शनिबार
,
Latest
सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर) बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल पशुपतिको सुनको जलहरीमा भ्रष्टाचार पुष्टि भएन बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै सरकार जनमुखी भएर चल्न सकेनः सम्मानित नेता खनाल स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोलामा रु दुई हजारले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

बिहीबार प्रतितोला रु एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय ३० निर्धारण गरिएको छ । रासस