२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलताल दुर्घटना: २३ जनाको शव फेला, नौँ जनाको सनाखत हुन बाँकि (सूचीसहित)



अ+ अ-

चितवन । भरतपुरको सिमलतालमा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ ।

असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

भेटिएकामध्ये आठ पुरुष र एक महिला गरि ९ जनाको सनाखत हुन बाँकि रहेको उनले जानकारी दिए ।

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो । एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए ।

बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

फेला परेका शव:

१) ऋषिपाल शाह, भारत

२) विकाश परियार, चितवन

३)रमित कुमार माझी, सर्लाही

४) जय प्रकश ठाकुर, भारत

५) सजाद अन्सारी, भारत

६) सुदिप बिक, चितवन

७) प्रमानन्द पण्डित, बारा

८) किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९) अशोक कुमार यादव, रौतहट

१०)ऋषिकुमार सिंह, रौतहट

११)विवेक कुमार, भारत

१२) जितेन्द्र राम महरा, सर्लाही

१३) चन्द्र प्रभा कुमारी, पर्सा

१४) अमृता कुमारी, रौतहट

९ जनाको सनाखत हुन बाँकी ।