२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै सडकमा उत्रिए स्थानीय



अ+ अ-

काठमाडौँ । न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुन: अवरोध गरेका छन् ।

न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै व्यवसायी र स्थानीयबासीहरु सडकमा उत्रिएका हुन् । अहिले सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ ।

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुन: बिस्तारको काम सुरु गरेको थियो ।

यसअघि पनि महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि रोड काटेको अवस्थामा सडक डिभिजनले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै फुटपाथ विस्तारमा रोक लगाएको थियो । पछि महानगरले काटेको रोड सडक डिभिजनले पुन पीच गरेको थियो ।