१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँ: सभापति लामिछाने

देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँ: सभापति लामिछाने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताउनुभएको छ ।

बिहीवार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाएको भन्नेकुरा थाहा पाएको बताउनु भयो ।

उहाँले गोपनियताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै उहाँले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरु आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरु बुझ्ने बताउनु भयो । उहँले पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताउनु भयो । २१ जना भ्रष्टहरुलाई संसदमा जान रोकेर आफूहरुले राम्रा मान्छे ल्याएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको रु भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन् । पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदाखेरी गल्ती केही नगर्दा पनि गाली खाने बाहेक केही काम भएन । तर हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ । जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो । अघिल्लो पटक पर्याप्त थिएन । ३४ दिन म भएँ । अरु साथीहरु २४ दिन जति हुनुभयो । त्यो कुनै पर्याप्त समय नै थिएन । अब अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहीँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको शपथ खाएका छौँ, सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रो सँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ । राज्यलाई अफ्ठ्यारोमा पारेका छैनौँ । २१ जना भ्रष्टहरुलाई रोकेर हामीले संसदमा आएका छौँ ।’

सभापति लामिछानेले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।