२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभले भने – प्रभासलाई एक हजार करोड कमाउनु रुटिन जस्तै



अ+ अ-

एजेन्सी । नाग अश्विनको निर्देशनमा बनेको फिल्म ‘कल्की २८९८ एडी’ ले १००० करोडभन्दा बढी कलेक्सन गरेको छ । यो सफलतामा फिल्ममा अश्वत्थामाको भूमिका निभाएका अभिनेता अमिताभ बच्चनले एउटा भिडियो सेयर गरेका छन् ।

भिडियोमा बिग बीले फ्यानलाई धन्यवाद दिएका छन् । उनले को–स्टार प्रभासको पनि तारिफ गरे ।

अमिताभले भने, ‘म यहाँ सबैलाई धन्यवाद दिन आएको हुँ । तपाईहरुले यो फिल्मलाई यति धेरै माया दिनुभयो कि यसले १००० करोड कमाएको छ । म मेरा सहकलाकार कमल हसन, प्रभास र दीपिकालाई पनि धन्यवाद दिन्छु । साथै यस फिल्मको सफलताको लागि सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु ।’

भिडियोमा बिग बीले अगाडि भनेका छन्, ‘मेरो लागि १००० करोड रुपैयाँ नयाँ कुरा हो तर प्रभासका लागि यो एक रुटिन जस्तै हो ।’ अन्त्यमा उनले यो फिल्मको दोस्रो भागमा पनि आफूलाई देख्न सकिने आशा रहेको बताए ।

नाग अश्विन निर्देशित फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हसनको पनि महत्वपूर्ण भूमिका छ । यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन् ।