१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभले भने – प्रभासलाई एक हजार करोड कमाउनु रुटिन जस्तै



अ+ अ-

एजेन्सी । नाग अश्विनको निर्देशनमा बनेको फिल्म ‘कल्की २८९८ एडी’ ले १००० करोडभन्दा बढी कलेक्सन गरेको छ । यो सफलतामा फिल्ममा अश्वत्थामाको भूमिका निभाएका अभिनेता अमिताभ बच्चनले एउटा भिडियो सेयर गरेका छन् ।

भिडियोमा बिग बीले फ्यानलाई धन्यवाद दिएका छन् । उनले को–स्टार प्रभासको पनि तारिफ गरे ।

अमिताभले भने, ‘म यहाँ सबैलाई धन्यवाद दिन आएको हुँ । तपाईहरुले यो फिल्मलाई यति धेरै माया दिनुभयो कि यसले १००० करोड कमाएको छ । म मेरा सहकलाकार कमल हसन, प्रभास र दीपिकालाई पनि धन्यवाद दिन्छु । साथै यस फिल्मको सफलताको लागि सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु ।’

भिडियोमा बिग बीले अगाडि भनेका छन्, ‘मेरो लागि १००० करोड रुपैयाँ नयाँ कुरा हो तर प्रभासका लागि यो एक रुटिन जस्तै हो ।’ अन्त्यमा उनले यो फिल्मको दोस्रो भागमा पनि आफूलाई देख्न सकिने आशा रहेको बताए ।

नाग अश्विन निर्देशित फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हसनको पनि महत्वपूर्ण भूमिका छ । यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन् ।