१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई

अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई
अ अ+ अ-

भेरीगङ्गा । बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मनुभएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुनुहुन्छ । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन हुनुहुन्छ । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जानुहुन्थ्यो ।

सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो । गाउँको गौरी प्राविमा प्राथमिक तहसम्मको अध्ययन गर्नुभएका दुर्गालाई कक्षा पाँचभन्दा माथिको शिक्षा लिन निकै चुनौतीको सामना गर्नुपर्‍यो ।

घरको आर्थिक अवस्था कमजोर थियो । दुर्गा भन्नुहुन्छ, “हामी दुई भाइ, पढाइ गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुबाआमालाई हम्मेहम्मे थियो । त्यति हुँदा पनि पढाइलाई भने निरन्तरता दिएँ ।” विद्यालयमा गुरुहरुले दुर्गालाई धेरै मायाँ गर्थे । सानै कक्षादेखि राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गा घरको काम गरेर विद्यालय जानुहुथ्यो । घरको आर्थिक अवस्थाका कारण पढेर असल व्यक्ति बन्ने लक्ष्यमा लिएको बताउँदै कहिलेकाहीँ लक्ष्य पूरा हँुदैन कि भन्ने चिन्ता लाग्ने गरेको दुर्गा सुनाउनुहुन्छ ।

“मेरो पढाइ राम्रो थियो, म कहिले पनि कक्षामा फेल भइनँ, सानो कक्षामा सधैँ प्रथम हुन्थे । घरको अवस्था परिवर्तन गर्नुपर्छ, मैले केही गरेर देखाउनुपर्छ भनेर पढाइमा धेरै मेहेनत गर्थे, आर्थिक अभावले मेरो पढाइ त रोकिन्न भन्ने पनि लाग्थ्यो”, दुर्गा भन्नुहुन्छ ।

चुनौतीको समानाले पाएको सफलता 

बुबाआमाको कमाईबाट मात्रै घर खर्च टार्न, शिक्षा दिक्षा गराउन गाह्रो थियो । जिम्मेवारी पनि बढ्दै थियो । उहाँले अभावका बीचमा पनि धेरै सङ्घर्ष गर्दै आफ्नो मेहनतलाई निरन्तरता दिनुभयो । उहाँले हिमालय मावी डाँडीमाडी दैलेखबाट एसएलसी पास गर्नुभयो । एसएलसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दुर्गाको सरकारी जागिरमा प्रवेश गरेर सेवा गर्ने लक्ष्य थियो ।

प्लस टू (१० जोड २) को पढाइ गराउन सक्ने अवस्था बुबाआमासँग थिएन । “अब मेरो पढाइ रोकियो, पढेर आफ्नो लक्ष्य पूरा गर्ने सपना अधुरै रह्यो भन्ने चिन्तामा थिएँ”, दुर्गा भन्नुहुन्छ,” “मसँग पढेका सबै साथी पढ्न अन्यत्र गइसके, एकातिर घरको कमजोर आर्थिक अवस्था छ, अर्कोतिर आफूसँगै भाइको पढाईलाई पनि निरन्तरता दिनु छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने भयो भन्ने लाग्थ्यो ।”

उहाँको रोकिने अवस्थामा पुगेको अध्ययनलाई अगाडि बढाउन परिलक्षित संस्थाले सहयोग गर्‍यो । अपाङ्गताका क्षेत्रमा काम गर्ने परिलक्षितले आर्थिक अभाव भएर पढाइ गर्न नसकेका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको थाहा पाएपछि दुर्गा परिलक्षितको सम्पर्कमा जानुभयो । उहाँलाई काठमाडौँमा पढ्ने, बस्नेलगायत व्यवस्था उक्त संस्थाले गरिदिएपछि दुर्गाको उच्च शिक्षा बाटो खुल्यो ।

“घरको आर्थिक अवस्था कमजोर हुँदा मैले पढाइ रोक्ने निर्णयमा पुगेको थिएँ”, दुर्गा भन्नुहुन्छ”, “मेरो उच्च शिक्षासम्मको पढाइमा लाग्ने खर्च सबै परिलक्षितले गरिदिएपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ, म संस्थाप्रति  आभारी छु ।” पढाइसँगै खाने, बस्ने सबै व्यवस्था भएपछि उहाँलाई सरकारी सेवामा प्रवेश गर्न थप सहज भयो ।

लोकसेवा आयोगको परीक्षाबाट पहिलोपटक नै सिफारिस 

सानैदेखि पढाइप्रति मेहेनत गर्ने दुर्गाले पढ्ने वातावरण पाउनुभयो । स्नातक तह पार गर्नुभएका उहाँले सँगसँगै लोकसेवा आयोगको तयारी गर्नुभयो । “गाउँमा दृष्टिसम्बन्धी अपाङ्गता भएकाले केही गर्न सक्दैन भन्ने सोच राख्ने गरिन्थ्यो । रातदिन नभनेर आफ्नो पढाइमा मेहेनत गरेपछि सफल भइदो रहेछ”, उहाँ भन्नुहुन्छ ।

विसं २०६९ मा पहिलोपटक लोकसेवा आयोगको चौँथो तहमा परीक्षा दिनुभएका दुर्गाले पहिलो पटक नै नाम निकाल्न सफल हुनुभएको थियो । अब भने आफ्नो लक्ष्य पूरा भएको उहाँले अनुभूति गर्न थाल्नुभयो । पहिलोपटक सरकारी सेवामा प्रवेश गरेपछि दुर्गाले धादिङमा गएर सेवा थाल्नुभयो । उहाँको लक्ष्य र सफलताको यात्रा यतीमा रोकिएन ।

दुर्गाले जागिर गर्दै पढ्दै गरेर लोकसेवा आयोगको पाँचौँ (नायब सुब्बा) मा समेत नाम निकाल्न सफल हुनुभयो । चार वर्ष धादिङमा सेवा गर्नुभएका उहाँ सुर्खेतको वराहातालमा तीन वर्ष सेवा गरी अहिले डोल्पाको काइके गाउँपालिकामा सेवा गरिरहनुभएको छ । आर्थिक अभावसँगै अपाङ्गता भएका व्यक्तिले पनि सफलता प्राप्त गर्न सक्छन भन्ने उदाहरण दुर्गाप्रसाद रिजाल हुनुभएको छ ।

दुर्गा भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन् । त्यसका लागि सोच बदल्न आवश्यक छ । अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाले पनि समाजमा सचेतना जगाउने किसिमका अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

आर्थिक अभाव मात्रै नभई अपाङ्गता भएर शिक्षा र अन्य क्षेत्रमा पछाडि पारिएका व्यक्तिलाई अवसर दिनेगरी योजना सामाजिक संस्थासँग सहकार्य गरी कार्यान्यवन गर्ने आफ्नो भावी योजना रहेको दुर्गा बताउनुहुन्छ । रासस