५ पुष २०८२, शनिबार
,
Latest
राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि बैंकद्वारा १६.२० प्रतिशत लाभांश वितरण गर्ने



अ+ अ-

काठमाडौं । एनएमबि बैंकले शेयरधनीलाई १६.२० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६ रुपैयाँ रुपैयाँ छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते आइतबार सम्पन्न बैठकले बैंकको  गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र करसहित ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८७ करोड ८२ लाखले बढ्नेछ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।