• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

कुकुरलाई पिटेको निहुँमा छोराबाट बाबुको हत्या



बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एकजना व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् ।

जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।