१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा

भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा
अ अ+ अ-

ललितपुर । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताउँदै भोलिको पुस्ताका लागि पनि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताउनुभएको हो ।

ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो ।

जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रका अतिरिक्त महिला र बालबालिकामा समेत परेकाले यी विषयमा व्यापक मात्रामा अनुसन्धान गरी आवश्यक तथ्य र सूचनाका आधारमा समाधानका उपायहरु अवलम्बन गर्नुपर्ने मन्त्री डा राणाले बताउनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो “प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न त्यहाँका समुदाय लक्षित कार्यक्रम तत्कालै थाल्नुपर्छ, यो असर हाम्रो देशमा मात्र नभएर हिमालयन क्षेत्रमा अवस्थित देशहरुमै भइरहेकाले सबै सामूहिक रुपमा लाग्नुपर्छ ।”

हिमाली क्षेत्रमा हिमाल पग्लिने, हिमनदी बढ्ने र हिमताल फुट्ने, भीषण बर्षा हुने र बाढी आउने गरेको बताउँदै मन्त्री डा राणाले जलवायु परिवर्तनबाट हिमाली क्षेत्र बढी जोखिममा परेकाले सो क्षेत्रलक्षित कार्यक्रमहरु सुरु गर्न अन्तर्राष्ट्रिय समुदायले ढिला गर्न नहुने तर्क गर्नुभयो ।

जलवायु परिर्तनबाट उत्पन्न हुने र भइरहेको प्रभाव सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउन र यसमार्फत् समग्र मानव सभ्यताकै संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदाय नै लाग्नुपर्ने उहाको भनाई थियो ।

मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायलाई हिमालय क्षेत्रको अस्तित्व र भविष्य जोगाउनका लागि लागिपर्न आग्रह गर्दै नेपाल सरकारले ‘सगरमाथा सम्वाद’ कार्यक्रम आयोजना गर्ने तयारी थालेको जानकारी दिनुभयो ।

जलवायु परिवर्तनबाट नेपाल र नेपालजस्ता हिमालय क्षेत्रका देशहरुले भोग्नुपरिरहेका समस्याको अध्ययन गरी विश्व समुदायको ध्यानाकर्षण गराउन र जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्ने उपायहरुको खोजी गर्न नेपालले यो कार्यक्रम गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।