३१ श्रावण २०८३, आईतवार
,
Latest
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गर्नुभएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ वटा मन्त्रालयमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याइएको भन्दै आगामी आर्थिक वर्षमा थोरैमा १ प्रतिशत बजेट छुट्याइदिन आग्रह गर्नुभयो । उहाँले पाराओलम्पिकमा काँस्य पदक प्राप्त गरेको भएपनि जोगाइरहने चुनौति नेपालसँग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीसँग ठूलो चुनौतिको रुपमा छ । यो पाराओलम्पिकमा हामी काँस्य पदक प्राप्त गर्न सफल त भयौँ । तर कहिलेसम्म हामी यो कायम राख्न सक्छौँ की सक्दैनौँ रु नेपाल सरकारले खेलकुदमा सबैभन्दा कम बजेट २१ वटा मन्त्रालय भन्दा सबैभन्दा कम रहेको छ । आगामी वर्षको बजेटमा कम्तिमा १ प्रतिशत बजेट विनियोजन गरिदिन आग्रह गर्दछु ।’

सम्मान ग्रहण गर्दै खेलाडी गोवद्र्धनले सम्मानित हुन पाउँदा धेरै खुशी भएको भन्दै सबैको साथ र सहयोगले मेडल प्राप्त गर्न सफल भएको बताउनु भयो ।