• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली



काठमाडौं । नेपाललाई हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले र्‍याली निकालेको छ ।

काठमाडौंमा शुक्रवार महासंघले र्‍याली निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट र्‍याली निकालिएको हो ।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गरिएको र्‍यालीमा उपस्थितहरुले बताएका छन् । —न्युज एजेन्सी नेपाल