२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो, पुस १५ गतेसम्म आवेदन दिन पाउने



अ+ अ-

काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ ।

बैंकले पुस १ देखि छिटोमा पुस ४ गतेसम्म आवेदन दिन पाउनेगरी ऋणपत्रको बिक्री खुला गरेकोमा निष्काशनमा ल्याइएको सबै ऋणपत्र बिक्री नभएपछि पुस १५ गतेसम्म लम्बिएको हो । यससँगै अब इच्छुक लगानीकर्ताले पुस १५ गते बुधबारसम्म आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालय तथा मेरो शेयरको वेव तथा एप मार्फत समेत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

बैंकले कुल प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ ।

सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ प्रदान गरेको छ ।