२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम



अ+ अ-

काठमाडौं । अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको छ ।

उच्च अदालत पाटनले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुन: काम सुरु गरेको हो ।

तीन दिन अघि उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्न भनि अन्तरिम आदेश दिएको थियो।

उक्त आदेशसँगै फुटपाथ विस्तारको काम सुरु गरेको महानगरले जनाएको छ । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ । तर सडक डिभिजनले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै फुटपाथ विस्तारमा रोक लगाएको थियो ।

महानगरले फुटपाथ बिस्तारको लागि काटेको रोड सडक डिभिजनले पुन पीच गरेको थियो ।