२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो केपी ओलीको सरकार हो, लामो समय चल्छ: खानेपानीमन्त्री यादव



अ+ अ-

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताउनुभएको छ ।

सोमवार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको भएकाले लामो समय चल्ने बताउनु भयो । उहाँले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताउनु भयो । उहाँले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेको भन्दै आफ्नो अवधिसम्म चल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो । डबल इन्जिनको सरकार छ । यो इन्जिन एकदम झक्कासले चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ । यो सरकार आफ्नो अवधिसम्म चल्छ । डबल इन्जिनको सरकारलाई सफल बनाऔँ ।’

उहाँले डबल इन्जिनको सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गर्नुभयो ।