३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदभारकै दिन कृषिमन्त्रीलाई मन्त्रालयमा अवरोध



अ+ अ-

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई कर्मचारीहरुले अवरोध गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथ लिए पदभार गर्न सिंहदरबारस्थित कार्यलय पुगेका मन्त्री अधिकारीलाई प्रवेशद्वारमा आन्दोलनरत कर्मचारीले अवरोध गरेका हुन् ।

कर्मचारीले अवरोध गरेपछि उनी मन्त्रालयभित्रै नपसी फर्किएका छन् । सोहिक्रममा उनले आन्दोलित कर्मचारीलाई समस्या समाधानको आश्वासन दिएका छन् ।

कृषि मन्त्रालयको प्रवेशद्वारमा एक सयको हाराहारीमा कर्मचारीले वृत्ति विकासको माग गर्दै १६ दिनदेखि धर्ना दिँदै आएका छन् । मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न दबाब दिँदै आन्दोलन गरिरहेका छन् । यस्तै, दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति गर्न उनीहरूको माग छ ।