• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु: खेलकुदमन्त्री चौधरी



काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

उहाँले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताउनु भयो । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताउनु भयो । उहाँले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरुलाई प्रोत्साहन गर्नका लागि हामी आएका हाँै । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछाँै । हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ ।’

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताउनु भयो ।