३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेको छ ।

भन्सार छली गरि ल्याएको सुनसहित भारतीय नागरिक ४१ वर्षीय दीपक जैरामदास घिन्डलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एयर अरेबियाको उडानबाट सार्जाहा हुँदै काठमाडौँ आएका उनलाई विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुनसहित पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट पहेँलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थान बरामत गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।