३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ६७.३ प्रतिशत रोपाइँ



अ+ अ-

काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले  जानकारी दिनुभयो । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो ।

असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो । रासस