४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ६७.३ प्रतिशत रोपाइँ



अ+ अ-

काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले  जानकारी दिनुभयो । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो ।

असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो । रासस