२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री तथा प्रवक्ताबाट बर्खास्तमा परेका डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलेको आरोप लगाएका छन् ।

पार्टीबाट कारबाहीमा समेत परेका ढकालका योजनाहरू सारा विफल भएपछि उनले भिक्टिम कार्ड खेलेको झाले गम्भीर ओरोप लगाएका हुन् ।

‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरि रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन् ।’ झाले सामाजिक सञ्जालमा भनेका छन् ।

यस्तै, स्वर्णिम वाग्लेले आफूलाई कुट्न आँटे भनेर गलत प्रचारवाजी गरेको प्रवक्ता झाले आरोप समेत लगाएका छन् ।

‘अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन्, स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुल जी पुगेछन् ।’ झाले लेखेका छन् । ‘म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु ।’