१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

ग्वार्को फ्लाई ओभर दशैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग

ग्वार्को फ्लाई ओभर दशैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग
अ अ+ अ-

काठमाडौँ । ग्वार्को फ्लाई ओभरमा दशैँअघि सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन् ।

आईतवार ललितपुर वागमती प्रदेश सदस्य रामकृष्ण चित्रकारसहित स्थानीयहरुले फ्लाई ओभर निरीक्षण गरी छिटो सम्पन्न गर्न सुझाव दिएका हुन् । उनीहरुले निर्माणाधिन फ्लाई ओभर निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीयहरुलाई समस्या भएको बताए । उनीहरुले फ्लाई ओभर छिटो नभन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए । उनीहरुले एकपटकमा एक डेढ घण्टासम्म जाम हुँदा धुवाँ धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने जस्ता समस्या बढेको समेत स्थानीयहरुको गुनासो छ ।

ग्वार्को फ्लाई ओभरमा निरीक्षण पछि सञ्चारकमीहरुसँग बोल्दै पूर्वमन्त्री चित्रकारले फ्लाई ओभरको निर्माण कार्य ढिलासुस्ती भएको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दै आउँदा पनि निर्माणले गति नलिएको भन्दै पुन निरीक्षणमा आएको बताउनु भयो । उहाँले जनताको प्रतिनिधि भएपछि जनताप्रति उत्तरदायी हुनु आफ्नो कर्तव्य भएको भन्दै जनतालाई प्रत्यक्ष असर पर्ने कुरामा चुप बस्न नसक्ने बताउनु भयो । उहाँले आफू पटकपटक निर्माण स्थलमा उपस्थित भई गुणस्तरीय तरिकाले छिटो फ्लाइ ओभर सम्पन्न गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताउनु भयो । उहाँले दशैँ अगावै निर्माण सम्पन्न हुनुपर्ने बताउनु भयो । उहाँले आयोजना समयमा बन्न नसक्दा स्थानीयको जनजीवनमा नकारात्मक असर पारेको बताउनु भयो । उहाँले निर्माण कार्य सरकारले समयमा भुक्तानी नदिएको र ठूला मेसिन भारतबाट ल्याउनुपर्ने भएकाले समय लागेको भन्ने आफूले पाएको बताउनु भयो ।

ललितपुर महानगरपालिका वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले आधा घण्टासम्म जाम पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले बालकुमारीबाट लगनखेल पुग्नको लागि १ घण्टाको समय छुट्याउनुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले सर्वसाधरणलाई परेको समस्या सामाधानको लागि तत्काल सम्पन्न हुन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै, स्थानीयवासी विष्णु बस्नेतले समयमा ग्वार्को फ्लाई ओभरमा नबन्दा स्थानीयहरुलाई स्वास्थ्यमा समेत समस्या भएको बताउनु भयो । उहाँले दैनिक लाखौं सवारी साधन आवतजावत गर्ने भएकाले आधा घण्टासम्म जाम हुने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले समयमा निर्धाण सम्पन्न भएर स्थानीयको समस्या राज्यले गर्नु आवश्यक रहेको बताउनु भयो ।

२०७८ साल फागुन १२ गतेबाट शुरु भएको चार लेनको फ्लाई ओभर निर्माणको जिम्मेवारी श्री आशिष–समानान्तर रेलिगेर जेभीले पाएको थियो। १७ करोड ६ लाख ८८ हजारको लागतमा बन्न लागेको फ्लाई ओभरको लम्बाई ४९० मिटरको रहनेछ । ग्वार्को चोकबाट बि एण्ड बीतर्फ १३५ मिटरको र्‍याम रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्‍याम रहनेछ ।