• ९ भाद्र २०८१, आईतवार
  •      Sun Aug 25 2024
  •   Unicode
Logo
Latest
★   संविधान दिवसका दिन सरकारले ‘नेसनल डे कन्सर्ट’ गर्ने ★   भलिवल कभर्डहल निर्माण उप समिति गठन ★   सरकारी योजना कार्यान्वयनमा परस्पर सहयोग गर्ने मन्त्रीद्वय यादव र शाहीबीच सहमति ★   सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छः अर्थमन्त्री पौडेल ★   पलायनको वार्षिकोत्सव मनाउँदै रोहिङ्ग्या शरणार्थीहरू ★   राष्ट्रिय सभा अध्यक्ष र संसदीय समितिका सभापतिहरुको पुनः निर्वाचन गरौंः एमाले ★   कांग्रेसद्वारा पहिरो र दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   न्याय परिषद्को बैठक निष्कर्षबिहीन ★   डेडिकेडेट र ट्रंकलाइन विवादबारे निर्णय गर्ने विषयमा लेखा समितिमा चर्काचर्की ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई ४ वर्षसम्म कैद



काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिएको आरोप लागेका ८ जना दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले आरोप लागेका ८ जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेका हुन् ।

इजलासले २ जनालाई ४/४ वर्ष, २ जनालाई २/२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय गरेको छ । बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद  र मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद सुनाइएको छ ।  चारै जनालाई जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ । रामप्रसाद अधिकारी, इश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद र जनही ३ करोड ८० लाख रूपैयाँ जरिवाना सुनाइएको छ ।

अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।

अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट बनाएर काठमाडौं न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।