२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त अम्बानीले सलमान, शाहरुखलगायत २५ साथीलाई १८ क्यारेट सुनको लग्जरी घडी उपहार दिए



अ+ अ-

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह गरेका थिए ।

अन्तर्राष्ट्रिय भिभिआईपी पाहुनासहित करोडौं रुपैयाँ खर्चिएको यो विवाह अहिले चर्चामा छ । विवाहमा राधिका मर्चेन्टले सुनको कढाई गरिएको लेहेंगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोशाकको मूल्य २१४ करोड रुपैयाँ रहेको बताइएको छ ।

अब अनन्त अम्बानीले आफ्ना २५ नजिकका साथीहरूलाई विवाहको दिन १.६७ करोड रुपैयाँको लग्जरी घडी उपहार दिएका छन् ।

१२ जुलाईमा जियो वर्ल्ड सेन्टरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा दुलहाका साथीहरूको रमाइलो शैली देखियो ।

दुलहाको टोलीमा शाहरुख खान, रणवीर सिंह, वीर पहाडिया, सलमान खान, मीजान जाफरी, शिखर पहाडियालगायत २५ नजिकका साथीहरू थिए, जसलाई अनन्त अम्बानीले एउटा–एउटा लग्जरी घडी उपहार दिएका थिए ।

यो सीमित संस्करणको घडी १८ क्यारेट सुनबाट बनेको छ, जसको मूल्य २ लाख डलर अर्थात १.६७ करोड भारुछ । दुलहाको टोलीले आफ्नो घडी देखाएको भिडियो पनि सार्वजनिक भएको छ ।