५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोलले ‘फर्की फर्की’का लागि ५० लाख पारिश्रमिक लिएका थिए



अ+ अ-

काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’का लागि ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।

अनमोलले लिएको पारिश्रमिकको कर नेपाल सरकारलाई बुझाएका छन् । फिल्म निर्माता रोहित अधिकारीका अनुसार अनमोलले गत बुधबार सात लाख ५० हजार रुपैयाँ कर तिरेका हुन्‌ ।

निर्माता अधिकारले आइतबार अनमोलले कर तिरेको रसिद फेसबुकमार्फत सार्वजनिक गरेका छन् । जसमा ५० लाख रुपैयाँ आम्दानीको १५ प्रतिशत टीडीएस तिरेको खुलेको छ ।

अनमोल एक फिल्मका लागि सो रकम बराबरको पारिश्रमिक लिएर कर तिरेको सार्वजनिक गर्ने पहिलो अभिनेता बनेका छन् ।