२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाँदाजाँदै रविले भने– बेचन, जीवी र टिकापुर घटनाको अनुसन्धानमा हात नकमाउनुहोस्



अ+ अ-

काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले थालेका अनुसन्धानमा हात नकमाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लामिछानेले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए । निर्मला हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको बताउदै उनले अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई धन्यवाद दिए ।

सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको उनको भनाई छ ।‘ तर बाहिर आएका कयौँ चिजहरू सरकार परिवर्तनसँगै सामसुम देखिन्छ । चाइँचुइँ नबोलेको अवस्था छ । त्यतिखेर नेपाल प्रहरी र अनुसन्धान ब्युरोले तदारुकताका साथ काम गरोस्’, मन्त्री लामिछानेले भने, ‘बेचन झा पक्राउ परेसँगै उनको अडियो सार्वजनिक भएको छ । मन्त्रिपरिषद्ले नै निर्णय गराएको रहेछ भन्ने उनको अडियो र कयौँ कुराकानीबाट पुष्टि हुने ठाउँहरू प्रशस्त छन्’।

उनले राजनीतिक परिवर्तनसँग प्रहरी प्रशासनको कुनै लेनादेना छैन भन्ने प्रमाणित गर्न निर्देशन दिए । यस्तै, उनले टीकापुर घटनाको अनुसन्धानमा कहीँ कतै कमी आउनु नहुने बताए ।

उनले राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक भएको बताए । उनले भने,’देशमा परिवर्तन चाहिएको भए, यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए, जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन । अर्थात नयाँ पुस्ताको यो आगमन व्यक्ति को हुन्छ थाहा छैन तर संयन्त्रका रूपमा राज्य संयन्त्रका रूपमा जर्वजस्त हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन भैसकेको छ ।’