• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एमाले सचिवालय बैठक सुरू ★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे ★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने ★   उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन: पूर्वसभामुख सापकोटा ★   जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा ★   नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री

रुकुमपूर्वमा श्रीमतीको हत्या गरी नाबालक छोरा लिएर श्रीमान फरार



रुपन्देही । रुकुम पूर्वमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।

भूमे गाउँपालिका–६ तमारीका २७ वर्षीय दामे भनिने जीवन ओलीले २५ वर्षकी श्रीमती अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेका हुन् ।

ओलीले शुक्रवार राति श्रीमतीको हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा शव फालेको अवस्थामा पाईएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी माधव खरेलले जानकारी दिए। हत्यापश्चात ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको र ओलीको खोजी कार्य जारी रहेको डिएसपी खरेलले बताए ।