• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने ★   उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन: पूर्वसभामुख सापकोटा ★   जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा ★   नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री ★   नेपाल प्रिमियर लिग: मार्की प्लेयरको नाम सार्वजनिक ★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ



काठमाडौँ: प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् ।

यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।रासस