• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नेपाल प्रिमियर लिग: मार्की प्लेयरको नाम सार्वजनिक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो संस्करणका लागि मार्की प्लेयरको नाम सार्वजनिक गरेको छ ।

एनपीएलले प्रतियोगिताका लागी शुक्रवार मार्की खेलाडी सार्वजनिक गरेको हो ।

मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म हुनेछ । प्रतियोगितामा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।