६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्डनकन्या कलेजमा भानुजयन्ती



अ+ अ-

काठमाडौँ । मुलुकका पुराना साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको छ ।

भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा दुईसय११औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरुले आदिकविको तस्वीरमा माल्यार्पण गर्नुका साथै उहाँको योगदान र परिचय दिलाउने कविता वाचन गर्नुभयो ।

त्यसअवसरमा साहित्यकार शैलेन्द्र साकार, डा रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाध्न पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उहाँहरुले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ समृतिमा रहने बताउनुभयो ।

कार्यक्रममा भानुजयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगीताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा छात्राहरु रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गर्नुभयो ।

नेपालमा मात्र नभई नेपालीभाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रमगरी भानुजयन्ती मनाउने गरेका छन् ।