• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एमाले सचिवालय बैठक सुरू ★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे ★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने ★   उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन: पूर्वसभामुख सापकोटा ★   जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा ★   नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री

हनी ट्र्याप गरेर एक करोड बार्गेनिङ, दुईजना पक्राउ



काठमाडौँ । प्रहरीले हनी ट्रयापमा संलग्न २ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत योजनाबद्ध तवरले पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ रहेका छन् ।

अनुसन्धानमा लिला बहादुर तामाङले पीडितलाई सिर्जनासँग साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएर अश्लील भिडिओ रेकर्ड गरेको खुलेको छ ।

त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ । पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।