२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको बताउनुभयो ।

“कुनै पनि मान्यसदस्यहरूलाई ‘कन्फ्युजन’ नहोस्, मैले आज आक्रोश र भावना राखेको होइन,” प्रधानमन्त्रीले भन्नुभयो, “मैले आफ्नो दल र पार्टीको चिन्ता गम्भीरताका साथ राखेँ, यो कुनै आवेग होइन, भावना पनि होइन ।”

आफूले राखेको प्रस्ताव अनुभवको निष्कर्ष भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णय गर्ने मुख्य थलो प्रतिनिधिसभा नै भएको बताउनुभयो । उहाँले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धहरू विकसित गर्ने प्रयास गरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले विश्वासको मत माग्दा राखेका धारणा सोचेसम्झेअनुसारका निष्कर्ष हुन् ।” उहाँले विभिन्न दलका तर्फबाट प्रस्तुत भएका धारणाप्रति धन्यावाद व्यक्त गर्नुभयो ।