२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

पेट्रोलियम पाइपलाइनको सर्वेक्षण

पेट्रोलियम पाइपलाइनको सर्वेक्षण
अ अ+ अ-

काठमाडौँ । सिलगुढी—झापा पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वेक्षण सम्पन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको हो । यो कदमपछि परियोजनाको प्रारम्भिक चरण सम्पन्न भएको नेपाल आयल निगमले जनाएको छ । सर्वेक्षणले झापाको चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्मको नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको हो । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्ग हुँदै पाइपलाइन बिछ्याइने निगमका निर्देशक तथा नेपालतर्फको संयुक्त अध्ययन समूहका संयोजक वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ । उहाँले भन्नुभयो, “चारआलीमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारको संरचना पनि तयारीको अन्तिम चरणमा छ । पाइपलाइनको सर्वेक्षण सम्पन्न भएको छ । अब डीपीआर तयार हुनेछ । यी काम पनि डीपीआर अन्तर्गतकै काम हुन् ।’’
पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिने छ ।

कुल ४१ हजार ६५० किलोलिटर क्षमताको पेटोलियम पदार्थ भण्डारण निर्माण हुनेछ । जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चारसय किलोलिटर मट्टितेल र १२ सय किलोलिटर हवाई इन्धन भण्डारण क्षमताको निर्माण गरिने छ । यो प्रदेश नम्बर १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हुनेछ ।

चारआलीमा एलपी ग्यास भण्डारण र बोटलिङ प्लान्टको निर्माण कार्य पनि सुरु भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अन्तर्गत निगमको बार्षिक कार्यक्रम अनुसार पाइपलाइनको काम अगाडि बढाइएको निगमले जनाएको छ । करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण कार्य अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्ति भई कार्य सुरु भइसकेको निगमले जनाएको छ । गोरखापत्र दैनिक