२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोले धनजनको ठूलो क्षति भईरहँदा प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्यो: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सत्ता फेर्ने खेलमा लागेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उहाँले आफू विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्‍यौं । प्रतिपक्षका साथीहरूले साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’

प्रधानमन्त्रीले आज बिहान पनि विश्वासको मत माग्ने कि नमाग्ने भन्नेबिच आफु दोधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक मनले त आज बिहान मैले विश्वासको मत माग्नु उचित हुन्छ होला कि हुन्न होला भनेर सोचेँ । तर मलाई लाग्छ, दुई ठूला दल सहमत भएर छिटोभन्दा छिटो सरकार बनाउन उद्यत भएको अवस्था छ । हिजो प्रमुख सचेतकमार्फत २ घन्टा सारौं भन्दा पनि नहुने देखेको र केही दिन सारौं भन्दा अर्को अर्थ लाग्ला भनेर सभामुखसँग आग्रह गरिनँ ।’