• १५ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 30 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट ★   तीन जना प्रदेश प्रमुख बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय ★   १८ देशमा राजदूत सिफारिस, भारतमा शंकरले निरन्तरता पाउँदा चीनमा कृष्ण ★   निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान संसदीय सुनवाइ समितिबाट अस्वीकृत ★   जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन् ★   धनुषामा एक पुरुषको हत्या ★   ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता ★   मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा ★   मुग्लिनको पुलबाट हामफालेर एकजना बेपत्ता ★   पाथीभरामा आठ करोड भेटी मौज्दात

भरतपुर अस्पतालमा एमआरआई सेवा



चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।

स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उहाँले जानकारी दिनुभयो । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।

अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ ।

अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ । रासस