२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी एक दिने अष्ट्रिया भ्रमणमा



अ+ अ-

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै बुधबार अस्ट्रिया आइपुग्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अस्ट्रियाको भ्रमण गर्नुभएको हो । सन् १९८३ मा इन्दिरा गान्धी अष्ट्रियाको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँ नै भारतबाट अष्ट्रिया भ्रमण गर्ने अन्तिम भारतीय प्रधानमन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री मोदीले भियनामा अवतरण गरेको घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा यो यात्रा ‘विशेष’ रहेको बताउनुभएको छ ।

यसबाहेक, प्रधानमन्त्री मोदीले अस्ट्रियाका चान्सलर कार्ल नेहम्मर र अस्ट्रियामा बसोबास गर्ने भारतीय समुदायसँग उच्चस्तरीय वार्ता र अन्तरक्रियासहित आफ्नो भ्रमणको क्रममा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूप्रति उत्साह व्यक्त गर्नुभएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समार्फत अस्ट्रियाको पहिलो द्विपक्षीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीलाई अस्ट्रियाका विदेश मन्त्री अलेक्जान्डर शालेनबर्गले उहाँलाई स्वागत गर्नुभएको थियो ।

“दुई देशले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा यो महत्त्वपूर्ण भ्रमणले दुई देशको सम्बन्धमा नयाँ गति थप्नेछ,” रणधीर जयसवालले एक्समार्फत बताउनुभयो ।

यसअघि, प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक भ्रमण तालिकाअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो ।