२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी एक दिने अष्ट्रिया भ्रमणमा



अ+ अ-

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै बुधबार अस्ट्रिया आइपुग्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अस्ट्रियाको भ्रमण गर्नुभएको हो । सन् १९८३ मा इन्दिरा गान्धी अष्ट्रियाको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँ नै भारतबाट अष्ट्रिया भ्रमण गर्ने अन्तिम भारतीय प्रधानमन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री मोदीले भियनामा अवतरण गरेको घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा यो यात्रा ‘विशेष’ रहेको बताउनुभएको छ ।

यसबाहेक, प्रधानमन्त्री मोदीले अस्ट्रियाका चान्सलर कार्ल नेहम्मर र अस्ट्रियामा बसोबास गर्ने भारतीय समुदायसँग उच्चस्तरीय वार्ता र अन्तरक्रियासहित आफ्नो भ्रमणको क्रममा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूप्रति उत्साह व्यक्त गर्नुभएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समार्फत अस्ट्रियाको पहिलो द्विपक्षीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीलाई अस्ट्रियाका विदेश मन्त्री अलेक्जान्डर शालेनबर्गले उहाँलाई स्वागत गर्नुभएको थियो ।

“दुई देशले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा यो महत्त्वपूर्ण भ्रमणले दुई देशको सम्बन्धमा नयाँ गति थप्नेछ,” रणधीर जयसवालले एक्समार्फत बताउनुभयो ।

यसअघि, प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक भ्रमण तालिकाअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो ।