२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीको प्रयोग गरी ६ तोला सुनको सिक्री सहित अन्य वस्तु डकैती गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । युवतीको प्रयोग गरि विभिन्न मानिसहरुलाई लुटपाट गरेको अभियोगमा दोलखा जिल्ला शैलुङ गा.पा. वडा नं ३ घर भई का.जि. स्युचाटार बस्ने लालबहादुर श्रेष्ठलाई पुस ८ गतेको दिन प्रशरीले पक्राउ गरेको छ । 

६ तोला सुनको सिक्री १ थान, मोबाईल २ थान, रेबन चस्मा १ थान र नगद  रु. ७,००० समेत गरि अन्दाजी रु ६ लाख ३५ हजार बराबरको धनमाल लुटी फरार रहेकोमा प्रहरीले निरन्तर अनुसन्धानबाट सो घटनामा संलग्न मध्ये निम्न घर ठेगाना भएका सागर भन्ने लालबहादुर श्रेष्ठलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको जनाएको छ । 

यही मिति २०७७ साउन ८ गते सिन्धुली  जिल्ला कमलामाई न.पा. वडा नं २ बस्ने भोला बहादुर जर्घामगरलाई का.जि.रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकोमा निजलाई लिफ्ट दिई कंलकी जाने क्रममा युवतीले चोभारसम्म पुर्याउन अनुरोध गर्दा स्वीकार गरी चोभारमा पुर्याउँदा त्यहाँ पहिले देखि नै बसेका अपरिचित व्यक्तीहरुले रडको प्रयोग गरी नियन्त्रणमा लिएर लुटपाट गरेको जनाएको छ ।  सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।