• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

परराष्ट्र सचिव लम्साल नयाँदिल्ली जाँदै



file photo

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज त्यसतर्फ जानुहुने भएको छ ।

त्यस अवसरमा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रिट्रिटमा सहभागी हुनुहुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । परराष्ट्र सचिव लम्सालका साथ उक्त मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ । सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।