२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र सचिव लम्साल नयाँदिल्ली जाँदै



file photo
अ+ अ-

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज त्यसतर्फ जानुहुने भएको छ ।

त्यस अवसरमा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रिट्रिटमा सहभागी हुनुहुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । परराष्ट्र सचिव लम्सालका साथ उक्त मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ । सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।