२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको दोस्रो सेमिफाइनल आज, को पुग्ला फाइनलमा ?



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल आज हुँदैछ ।

मध्यरातमा हुने खेलमा इंग्ल्याण्ड र नेदरल्यान्ड्सबीच भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

दुबै टोली आजको खेल जितेर फाइनलमा स्थान बनाउन चाहन्छन् । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टीमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, नेदरल्यान्ड्सले टर्कीलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । गएराति भएको खेलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

गत संस्करणको उपविजेता इंग्ल्याण्डले हालसम्म उपाधि जित्न सकेको छैन । यस्तै, नेदरल्यान्ड्सले १९८८ मा उपाधि जितेको थियो ।

इंग्ल्याण्ड र नेदरल्यान्ड्सबीच हालसम्म २२ खेल भएका छन् । जसमा ७ खेल नेदरल्यान्ड्सले जितेको छ भने ६ खेल इंग्ल्याण्डले जितेको छ । यस्तै ९ खेल बराबरी भएका छन् ।