६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको दोस्रो सेमिफाइनल आज, को पुग्ला फाइनलमा ?



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल आज हुँदैछ ।

मध्यरातमा हुने खेलमा इंग्ल्याण्ड र नेदरल्यान्ड्सबीच भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

दुबै टोली आजको खेल जितेर फाइनलमा स्थान बनाउन चाहन्छन् । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टीमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, नेदरल्यान्ड्सले टर्कीलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । गएराति भएको खेलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

गत संस्करणको उपविजेता इंग्ल्याण्डले हालसम्म उपाधि जित्न सकेको छैन । यस्तै, नेदरल्यान्ड्सले १९८८ मा उपाधि जितेको थियो ।

इंग्ल्याण्ड र नेदरल्यान्ड्सबीच हालसम्म २२ खेल भएका छन् । जसमा ७ खेल नेदरल्यान्ड्सले जितेको छ भने ६ खेल इंग्ल्याण्डले जितेको छ । यस्तै ९ खेल बराबरी भएका छन् ।