१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा



अ+ अ-

काठमाडौं । अर्क्स ग्रुप प्रालिले चीनकै उत्कृष्ट मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ। अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाखमा बिक्री गर्ने जनाएको छ।

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री उत्पादकसिएटिएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ। एक पटकको फुल चार्जमा मा ३ सय किलोमिटर (एनइडीसी) गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ।

हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रयागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुप उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धता सहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ। त्यस्तै, आर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ।

गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केहि महिना भित्र नेपाल आइपुग्ने आर्क्स ग्रुपले जनाएको छ । यी भ्यानहरू लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिंग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने बिश्वास गरिएको छ भने विद्युतबाट संचालन हुने हुँदा यो भ्यानहरु पर्यावरणमैत्री मात्र नभई, संचालन खर्चमा पनि कमि ल्याउनेछ ।