एजेन्सी । निकोलस किम कोपोला, जसलाई निकोलस केज पनि भनिन्छ, एक प्रसिद्ध अमेरिकी अभिनेता र फिल्म निर्माता हुन् । उनले आफ्नो करियरमा धेरै अवार्ड जितिसकेका छन् ।
उनी आफ्नो बहुमुखी अभिनय क्षमताका लागि परिचित छन् । उनले हालै अभिनयबाट सन्यास लिने र हलिउडमा आफ्नो भविष्यको बारेमा कुरा गरे । यसै क्रममा उनले अभिनयबाट सन्यास लिने योजनालाई यथार्थमा परिणत गर्ने दिशामा अघि बढेको बताए ।
निकोलसले सन् २०२३ मा एक अन्तर्वार्तामा आफू अभिनयबाट सन्यास लिने योजनामा रहेको बताएका थिए । उनले तीन–चार चलचित्रमा देखिने र यसपछि अभिनयबाट सन्यास लिने जनाएका थिए ।
हालै द न्युयोर्करलाई दिएको एक अन्तर्वार्तामा उनलाई यस विषयमा प्रश्न सोधिएको थियो जसको जवाफ दिँदै उनले यसको पुष्टि गरेका थिए ।
उनले दुई–तीन सहायक भूमिका र तीन–चार मुख्य भूमिकामा देखिने र त्यसपछि अभिनयबाट सन्यास लिने बताए । उनले भने कि सायद यी केहि चलचित्रहरू थिए जुन उनले उल्लेख गर्दै थिए ।
यस कुराकानीको क्रममा जब उनलाई सोधियो कि उनले आफ्नो कुनै पनि फिल्म नहेरेका व्यक्तिलाई आफ्नो कुन फिल्म हेर्न सिफारिस गर्छन् । यसको जवाफ दिँदै अभिनेताले फिल्म ‘पिग’को उल्लेख गरे ।
यसबारे प्रष्ट पार्दै उनले कुनै न कुनै बेला मानवमा पनि विपत्ति आइरहने भएकाले यसबाट जनताले धेरै कुरा सिक्न सक्ने आफूलाई लागेको बताए । उनले यो फिल्म आफूलाई लोकगीत जस्तो लागेको बताए । यो धेरै शान्त र राम्रो फिल्म हो, जसबाट मानिसले धेरै कुरा सिक्न सक्छ ।