२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली लाइसेन्स बनाएको कसुरमा यातायातका तत्कालीन प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा



file photo
अ+ अ-

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)बनाएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यस कसुरको अनुसन्धान गरिरहेको थियो ।

यातायात व्‍यवस्था विभाग मीनभवनको पत्रपछि सिआइबीले अनुसन्धान गरी १५ जनाविरूद्ध मुद्दा दायर भएको हो ।

कर्मचारीहरूको युजर आइडीबाट फर्जी विवरण प्रणालीमा इन्ट्री गरी नक्कली अभिलेख खडा गरेर लाइसेन्स जारी भएको विभागले जनाएको छ । हाल ६ जना प्रहरीको हिरासतमा छन् । बाँकी फरार छन् ।

तत्कालीन यातायात व्‍यवस्था कार्यालय, बुटवलमा कार्यालय प्रमुख रहेका केशव अर्यालविरूद्ध मुद्दा दर्ता भएको छ ।

कम्प्युटर अपरेटर पदमराज आचार्य, अधिकृत सुवास पौडेल, राजेश लम्साल, कम्प्युटर अपरेटर दिलिपकुमार साह र केशव पौडेल सिआइबीको हिरासतमा छन् ।

लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दिप श्रेष्ठविरूद्ध मुद्दा दायर भएको हो ।

सिआइबीले नक्कली लाइसेन्स दिलाउन भन्दै रकम बुझाएका व्यक्तिहरूसँग पनि कागज गरेको छ । कतिपय व्यक्तिहरूले लाइसेन्स निकालिदिने भन्दै एक लाख रुपैयाँसम्म बुझाएको खुलेको छ ।




भर्खरै