७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल श्रीलङ्कासँग पराजित मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर प्रशिक्षणमा खट्यो ‘ओली समूह’



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुधबार सात वटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्लाका संयोजक, सहसंयोजक, भ्रातृ संगठनका पदाधिकारीलगायत सहभागी रहेको बताइएको छ । काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा भएको बाग्मती प्रदेशस्तरीय भेलालाई नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्दै सरकारलाई असफल बनाउन खोजेपछि संसद् विघटन भएको बताए ।

पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजिएको उनले बताए । नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले पदका लागि मरिहत्ते गर्ने दाहाल र नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने दाहाल र माधव नेपालले मध्यावधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रश्न गरे ।

अध्यक्ष दाहाल ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने र अहिले प्रधानमन्त्री पनि चाहिने, यो कस्तो इच्छा हो भन्दै रायमाझीले थप प्रश्न गरेका छन् । यस्तै अवस्था र इच्छाका कारण अहिले संसद् विघटन भएको उनले बताए । कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेताहरू गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, आनन्द पोखरेललगायतको सहभागिता रहेको छ । अन्य प्रदेशमा पनि शीर्ष नेताहरू सहभागी भएर ओली समूहको भेला भएको छ । बिहीबार ओली र दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकसमेत बस्दै छ । राजधानी दैनिक