१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको अबको महामन्त्री को ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ महामन्त्री चयन गर्नेबारे छलफल गर्न केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री डा. मुकुल ढकाल कारबाहीमा पर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी थालिएको हो ।

आज बस्ने केन्द्रीय समिति बैठकले डा. ढकाललाई कारबाही गरी नयाँ महामन्त्री र प्रवक्ता चयन गर्ने तयारी गरेको हो ।

रास्वपामा सभापतिपछिको शक्तिशाली पद महामन्त्री हो । पार्टीको नीति निर्माणदेखि जिम्मेवारी बाँडफाँट र संगठनात्मक कामहरुमा महामन्त्रीको अहम् भूमिका हुन्छ । डा. ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

आज बस्ने बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना छ । यसका लागि पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो । ढकालको पद पुनःस्थापन नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।

योसँगै रास्वपामा महामन्त्रीका लागि चार जनाले आकांक्षा देखाएका छन् । सबैभन्दा कडा लविङ सन्तोष परियारले गरिरहेका छन् । उनी रास्वपाका समानुपातिक सांसद र प्रमुख सचेतक हुन् । महामन्त्री पाएमा प्रमुख सचेतक त्याग्न उनी तयार रहेको बुझिएको छ । दलित समुदायको भएकाले समावेशीताको सन्देश दिनलाई पनि आफू महामन्त्री बन्नुपर्नेमा उनको जोड छ ।

हालका कार्यवाहक प्रवक्ता मनिष झाले पनि महामन्त्री बन्ने लालसा देखाएका छन् । परियारले जस्तै उनले पनि जातीय समावेशीता हुने भन्दै आफ्नो दावेदारी प्रस्तुत गरेको बताइएको छ ।

त्यसैगरी काठमाडौं क्षेत्र नं. २ की सांसद सोभिता गौतमको नाम पनि भावी महामन्त्रीको लागि चर्चामा छ । संसद र संसदीय समितिमा उनले प्रखर भूमिका निभाइरहेकी छन् । तार्किक क्षमता, कानूनी जानकार तथा बौद्धिकता उनका सबल पक्ष हुन् । संगठनात्मक जिम्मेवारीमा भने उनको अनुभव खासै छैन ।

महामन्त्रीका अर्का आकांक्षी कविन्द्र बुर्लाकोटी हुन् । हाल कार्यवाहक दिइएपछि उनको महत्वाकांक्षा बढेको छ । बुर्लाकोटीले पार्टीमा महत्वपूर्ण भूमिका पाइरहे पनि कार्यसम्पादनमा चुकिरहेका छन् । उनी संगठन विभाग प्रमुख पनि हुन्, तर संगठनमा खासै लोकप्रिय छैनन् ।

रास्वपामा बुर्लाकोटीबाहेक सुमना श्रेष्ठ र विपीन आचार्य पनि सहमहामन्त्री छन् । पदीय हिसाबले उनीहरूलाइ पनि महामन्त्रीको स्वतः दावेदारका रुपमा हेरिएको छ । यद्यपि उनीहरु दुवैले आकांक्षा देखाएका छैनन् ।