२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभासको ‘कल्की’ले शाहरुखको फिल्म ‘जवान’को रेकर्ड तोड्यो



अ+ अ-

एजेन्सी । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ ।

यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको छ । तर ‘बाहुबली २’ र ‘केजीएफ च्याप्टर २’ को तुलनामा यो फिल्म अझै पछाडि छ ।

शाहरुखको फिल्म ‘जवान’ले ११ औं दिन बक्स अफिसमा ५०१.०५ करोडको कलेक्सन गरेको थियो । ‘बाहुबली २’ ले सात दिनमा कुल ५३९ करोड र ‘केजीएफ च्याप्टर २’ ले सात दिनमा ५२३.७५ करोडको कुल कलेक्सन गरेको थियो ।

कल्कीले पहिलो साता ४१४ करोड कमाएको थियो । साकनिल्कको रिपोर्ट अनुसार, शनिबारको कमाई शुक्रवार को १६.६ करोडको तुलना मा दोब्बर भन्दा बढी थियो । दशौं दिन फिल्मको कलेक्सन ३४.१५ करोड थियो ।

यस्तै, दोस्रो आइतबार अर्थात् ११ औं दिन फिल्मले ४४.३५ करोड कमाएको छ । जसमा हिन्दी संस्करणको मात्र सङ्कलन २२.५ करोड रुपैयाँ छ । अहिलेसम्म यो फिल्मले भारतमा ५१० करोडको व्यापार गरिसकेको छ ।

नाग अश्विन निर्देशित फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हसनको पनि महत्वपूर्ण भूमिका छ । यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन् ।