२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक शर्मा जिम्बाब्वेविरुद्ध टी–२० मा शतक बनाउने पहिलो भारतीय



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० खेलमा जिम्बावेलाई १०० रनले पराजित गर्दै भारतले सिरिज १–१ को बराबरी गरेको छ ।

हरारे स्पोर्ट्स क्लबमा भएको उक्त खेलमा भारतका अभिषेक शर्माले शतक प्रहार गरेपछि टोलीले २३४ रन बनाएको थियो । जवाफमा जिम्बाब्वेले १३४ रन मात्र बनाउन सक्यो ।

अभिषेक शर्माले ४७ बलमा १०० रनको इनिङ खेले । उनी जिम्बाब्वे विरुद्ध टी–२० मा शतक बनाउने पहिलो भारतीय बनेका छन् । यस टोलीविरुद्ध सञ्जय मांजरेकरले टेस्टमा र कपिल देवले एकदिवसीयमा पहिलो शतक बनाएका थिए । अभिषेकले ऋतुराजसँग कीर्तिमानी साझेदारी पनि गरेका छन् ।

भारतले टी–२० खेलमा ३४ औं पटक २०० भन्दा बढी रन बनायो । टोलीले टी–२० खेलको अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएको छ ।

भारतले अन्तिम १० ओभरमा १६० रन बनाएको छ, जुन कुनै पनि टी–२० अन्तर्राष्ट्रियको अन्तिम १० ओभरमा सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २००७ मा श्रीलंकाले केन्याविरुद्ध १५९ रन बनाएको थियो ।