२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरको दोधारामा इतिहासकै धेरै वर्षा !



अ+ अ-

काठमाडौं । कञ्चरपुरको दोधारामा इतिहासकै धेरै पानी परेको छ । अर्थात् दोधारामा एक दिनमा अहिलेसम्मकै धेरै वर्षा भएको हो । पछिल्लो २४ घन्टामा दोधारामा ५६३ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ । नेपालमा वर्षा मापन गर्न थालिएयताकै यो अति भारी वर्षा हो । यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा मापन भएको थियो ।

पछिल्लो २४ घन्टामा कञ्चनपुरको सुन्दरपुरमा ४२२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम प्रदेशको अन्यत्र पनि भारी वर्षा भइरहेको छ ।