१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले विश्वासको मत पाउने सांसद दाहालको दाबी



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने सम्भावना रहेको दाबी गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत पाएर वर्तमान सरकारकै निरन्तरता रहने सम्भावना रहेको उहाँले बताउनु भयो । उहाँले विश्वासको मत नपाएमा माओवादी केन्द्रले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो –‘मलाई विश्वास छ २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ । र प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ । भलै त्यो हुन सकेन भनेपनि नेकपा(माओवादी केन्द्र) को तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्छौं । मुख्यतः संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने र नेपाली जनताका समृद्धिका आकांक्षाको प्रतिनिधित्व गर्ने उद्देश्यमा चाहे सत्तापक्ष होस् चाहे प्रतिपक्ष होस् । जुनसुकै भुमिकामा रहेर पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर माओवादी केन्द्र निरन्तर अगाडी बढ्छ । जनताप्रति समर्पित भएर, जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भुमिका निर्वाह गर्ने प्रक्रियामा माओवादी पार्टीले कुनै कमजोरी राख्दैन ।’

उहाँले माओवादी केन्द्रले जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भुमिका निर्वाह गर्ने बताउनु भयो ।