२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन्



अ+ अ-

एजेन्सी । ११६ रनको लक्ष्य पछ्याएको विश्व च्याम्पियन भारत १०२ रनमा अलआउट, त्यो पनि जिम्बाब्वे जस्तो टोलीविरुद्ध । यो अचम्मको कुरा हो, तर भारत–जिम्बाब्वे टी–२० सिरिजको पहिलो खेलमा शनिबार यस्तो भएको हो ।

गत साता टी–२० विश्वकप जितेको भारत १३ रनले पराजित भएपनि यस टोलीमा विश्व च्याम्पियन टोलीका कुनै सदस्य थिएनन् ।

हरारे स्पोर्ट्स क्लबमा भारतका युवा कप्तान शुभमन गिलले टस जितेर बलिङ रोजेपछि जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । जवाफमा भारत १९.५ ओभरमा १०२ रनमा अलआउट भयो । जिम्बाब्वेको यो भारतमाथि तेस्रो जित हो । यो जितसँगै आयोजक टोलीले ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

यो खेलले ८ वर्षअघि भएको खेलको याद दिलायो, ​​जसमा भारत २ रनले पराजित भएको थियो । उक्त खेलमा कप्तान महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा ७ रन बनाउन सकेका थिएनन् ।

कप्तानले अलराउन्डर प्रदर्शन गरे । उनी खेल्न बाहिर निस्कँदा टोलीले ४० रनमा दुई विकेट गुमाइसकेको थियो । यस्तो अवस्थामा सिकन्दर रजाले तेस्रो विकेटका लागि माधवरेसँग ११ रन र डियोन मायर्ससँग चार विकेटका लागि २३ रनको साझेदारी गरे ।

सिकन्दरले १९ बलमा एक छक्का र एक चौकाको मद्दतले १७ रन बनाए । त्यसपछि बलिङमा कप्तान शुभमन गिललाई आउट गर्दै खेलको पुनरागमन गराए । उनले ४ ओभरमा २५ रन दिएर तीन विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

भारतीय कप्तान शुभमन गिलको विकेट खेलको टर्निङ प्वाइन्ट बनेको थियो । उनी ३१ रन बनाएर छैटौं ब्याट्सम्यानका रुपमा आउट भए । गिल आउट हुँदा भारतीय टोलीले ५८ बलमा ६९ रन बनाउनुपर्ने थियो र ४ विकेट बाँकी थियो । गिल आउट भएपछि जिम्बाब्वेका बलरहरु हावी भए ।

जिम्बाब्वे भ्रमणलाई ध्यानमा राख्दै भारतले ३ खेलाडीलाई डेब्यु क्याप दिएको छ । ओपनर अभिषेक शर्माले ४ बल खेलेर पनि खाता खोल्न सकेनन् । चौथो नम्बरमा आएका रियान पराग ३ बलमा २ रन बनाएर आउट भए । जबकि विकेटकिपर ध्रुव जुरेलले १४ बलमा ६ रन मात्र बनाउन सके ।

भारतका तीनै डेब्यु गरेका ब्याट्सम्यानले मिलेर १० रन पनि बनाउन सकेनन् । जसका कारण भारतमाथि दबाब परेको थियो र टोलीले ४३ रनमा ५ विकेट गुमाएको थियो । कप्तान शुभमन गिल एक छेउमा उभिए, तर उनले कसैको समर्थन पाएनन् । उनी पनि ११ औं ओभरमा सिकन्दर रजाको शिकार बने, उनले ३१ रन बनाए ।