२० आश्विन २०८१, आईतवार
,
Latest
सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली प्रकोपको एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता तथा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आलेले केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै ईच्छा नभएको बताउनुभएको छ ।

नेकपा एसको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आलेको नाम उल्लेख गरिएको छैन ।

घोषणापछि नेता आलेले न्यूजपोलारसँग भन्नुभयो – ‘हैसियत नभएको पार्टीका केन्द्रीय सदस्य होईन पदाधिकारी नै दिएपनि मलाई स्वीकार्य छैन ।’

‘जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ जनताका लागि स्वतन्त्र रुपमा काम गर्छु ।’ उहाँले अगाडि भन्नुभयो ‘पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको हैसियत जनमोर्चा जत्तिको पनि छैन । त्यसैले महाधिवेशनमा मलाई रुचि नै भएन ।’

पार्टी नेतृत्वको कार्यशैली प्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आउनु भएको छ । उहाँ घरायसी कामले मुलुकबाहिर रहेको जानकारी दिनुभयो ।